खाद्यान्न र स्वास्थ्य सामाग्री पर्याप्त छ, अनावश्यक मौज्दात नगर्नू : सरकार – Nepal Press

खाद्यान्न र स्वास्थ्य सामाग्री पर्याप्त छ, अनावश्यक मौज्दात नगर्नू : सरकार

काठमाडौं । निषेधाज्ञामा उपभोक्ता नठगिउन भनेर बजार अनुगमन तीब्र पारेकाे  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागले सोमबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञाको बेला काठमाडौंलगायत देशैभरि खाद्यान्न, औषधि, मेडिकल  सामागी, माक्स, स्यानिटाइजरलगायतका दैनिक उपभोग्य वस्तुको आपूर्ति एवं उपलब्धता र स्टकको बारेमा विभागले अनुगमन गरेको छ ।

विभागका अनुसार अहिले बजारमा ठूला आयातकर्ता र वितरक एंव थोक विक्रेताका पसल तथा गोदाममा खाद्यान्न वस्तु पर्याप्त रहेको छ । यसैगरी तरकारी र फलफूल पनि आपूर्ति सहज रुपमा भइरहेको विभागको भनाइ छ ।

साथै स्वास्थ्य सामाग्री पनि पर्याप्त मात्रामा उपलब्ध रहेको पाइएको विभागले बताएको छ । पर्याप्त सामान बजारमा भएकाले कसैको बहकाउमा नलागी सामान स्टक नराख्न पनि विभागले विज्ञप्तिमार्फत सचेत गराएको छ ।

यसैगरी उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गर्ने व्यापारीलाई कारबारही गरेको पनि विभागले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर