कर्मचारीलाई कोरोना लागेपछि जिल्ला प्रशासन कार्यालय सिरहा बन्द – Nepal Press

कर्मचारीलाई कोरोना लागेपछि जिल्ला प्रशासन कार्यालय सिरहा बन्द

जनकपुरधाम । कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहा बन्द भएको छ ।

राजश्व संकलन काउन्टरको कक्षमा कार्यरत एक कर्मचारी कोरोना संक्रमित भएपछि सेवा प्रवाह स्थगित गरिएको सूचना प्रमुख जिल्ला अधिकारी प्रदिप राज कँडेल जारी गरेका छन् ।

सबै कर्मचारीको पिसिआर रिपोर्ट नआएसम्म अत्यावश्यकबाहेकका सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सूचनामा उल्लेख छ ।

कार्यालय अचानक बन्द हुँदा सयौं सेवाग्राही काम नबनी घर फर्किन वाध्य भएका छन् । कार्यालय बन्दबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति प्रमुख जिल्ला अधिकारी कँडेलले दुःख व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *