सेती अस्पताललाई ९८ अक्सिजन सिलिन्डर सहयोग, अरु अस्पताललाई पनि दिने – Nepal Press

सेती अस्पताललाई ९८ अक्सिजन सिलिन्डर सहयोग, अरु अस्पताललाई पनि दिने

कैलाली । कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा ह्युमानिटी फाउण्डेसन नेपालले ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ ।

अस्पतालमा अक्सिजनको अभाव भएपछि फाउण्डेसनले सोमबार बिहान पहिलो चरणमा ९८ थान सिलिन्डर उपलब्ध गराएको हो ।

फाउण्डेसनले सोमबार नै कञ्चनपुरमा रहेको महाकाली अस्पताललाई पनि ८० सिलिन्डर उपलब्ध गराउने जनाएको छ ।
२२ सिलिन्डर डडेल्धुरा अस्पताललाई र २० सिलिन्डर टिकापुर अस्पताललाई उपलब्ध गराउने फाउण्डेसनका संस्थापक श्याम तायलले बताए ।

अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले सो अभियान सञ्चालन गरेको फाउन्डेसन जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर