ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु – Nepal Press

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

रूपन्देही । ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा रूपन्देहीको बुटवलमा एक युवकको मृत्यु भएको छ ।

कपिलवस्तुबाट बुटवलतर्फ आइरहेको ना ३ ख ७४०९ नम्मबरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको लु ४७ प ७१३६ नम्बरको मोटरसाइकलाई बुटवल उपमहानगरपालिका-१२ ढवाहमा ठक्कर दिएको थियो ।

सो दुर्घटनामा परी मोटरसाइकलका चालक कपिलबस्तुको वाणगंगा नगरपालिका–९ का २५ वर्षीय सुवास आचार्यको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

आइतबार राती भएको दुर्घटनामा परी घाइते भएको आचार्यको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *