विधि–पद्दतिको पक्ष र सत्ता दुरुपयोगको विपक्षमा उभिन पत्रकारलाई माधव नेपालको आह्वान – Nepal Press

विधि–पद्दतिको पक्ष र सत्ता दुरुपयोगको विपक्षमा उभिन पत्रकारलाई माधव नेपालको आह्वान

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले सत्ता र शक्तिको दुरुपयोगविरुद्ध निगरानी गर्न प्रेस जगतलाई आग्रह गरेका छन् । नेपालले विधि–पद्दति र न्यायको पक्षमा दृढतापूर्वक उभिन पत्रकारलाई शुभकामना समेत दिएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुमकामना सन्देश दिदै पूर्व प्रधानमन्त्री नेपालले कोभिड १९ का कारण सञ्चारमाध्यमहरु संकटमा परेको भन्दै सञ्चारजगत र पत्रकारहरुको रोजगारी सुरक्षाका लागि निमित्त विशेष कार्यक्रम तत्कालै सार्वजनिक गर्न सरकारसँग अनुरोध समेत गरेका छन् ।

नेपालले सन्देशमा भनेका छन्, पछिल्लो समय अलोकतान्त्रिक तथा प्रतिगामी कदमकाविरुद्ध मिडियाले निर्वाह गरेको न्यायपूर्ण भूमिकाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । यसक्रममा पत्रकारहरुमाथि भएको धरपकड अन्त्य गरी पूर्ण प्रेस स्वतन्त्रताको मूल्य मान्यता विपरितका कार्य बन्द गर्न आग्रह गर्दछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *