बाँकेमा गएराति पाँच काेराेना संक्रमितकाे मृत्यु – Nepal Press

बाँकेमा गएराति पाँच काेराेना संक्रमितकाे मृत्यु

रुपन्देही । लुम्बिनी प्रदेशको बाँकेमा गएराति ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहेका संक्रमितमध्ये बर्दियाका १ जना र बाँकेका ४ जनाको राती मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

बैशाख ७ गते भेरी अस्पतालमा भर्ना भएका नेपालगन्ज ३ का ५१ वर्षीय पुरुषको बिहान साढे ३ बजे, बैशाख १५ गते भेरीमा भर्ना भएका नेपालगन्ज १ का ६६ वर्षीय पुरुषको बिहान ४ बजे, १४ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका नेपालगन्ज ५ का ४८ वर्षीय पुरुषको साँझ ९ बजे, मेडिकल कलेजमा १९ गते भर्ना भएकी बैजनाथ ८ की ६० वर्षीया महिलाको बिहान १ बजे, भेरीमा १८ गते भर्ना भएका बर्दिया बढैयाताल ८ का ४७ वर्षीय पुरुषको बिहान साढे ६ बजे मृत्यु भएको वलीले बताए ।

यो सँगै बाँकेमा जिल्लाका १३३ र जिल्ला बाहिरका १२२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । केही दिनयता संक्रमण जित्नेको संख्या पनि बिस्तारै बढ्न थालेको, स्थानीय सरकारको समन्वयमा आइसोलेन कक्ष बिस्तार हुन थालेको वलीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर