यती एयरलाइन्सकाे आजका सबै उडान यथावत – Nepal Press

यती एयरलाइन्सकाे आजका सबै उडान यथावत

काठमाडौं । अग्रणी हवाई संस्था यती एयरलाइन्स र तारा एयरले आजकोलागि पूर्वनिर्धारित सम्पूर्ण उडानहरु यथावत रहेको जनाएको छ ।

यस अघि नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा संचालकहरुबीचको छलफलपछि उडान सुरक्षा र स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रत्येक २० मिनेटमा एउटा उडानको कोटा तय गर्दा यतीले १० वटा मात्र उडान गर्ने कोटा पाएको थियो ।

हिजै साँझको मन्त्रीपरिषदको बैठकले सोमबार राति १२ बजेपछि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेसँगै यात्रुको सुविधालाई ध्यानमा राखेर आज निर्धारित सम्पूर्ण उडान तालिका यथावत रहेको यती एयरलाइन्सले जनाएको छ । साथै उडानका लागि यथाशीघ्र सम्पर्क गर्न पनि यात्रुहरुलाई आव्हान गरेको छ ।

यती एअरलान्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार भोलिदेखि सम्पूर्ण उडानहरु बन्द हुने भएपछि यात्रुबाट आज उडान भर्ने माग बढेकोले उनीहरुको सुविधालाई मध्यनजर गर्दै उडान सुरक्षा र स्वास्थ्य मापदण्डलाई अनुसार सम्पूर्ण उडानहरु यथावत गरेको हो ।

‘कोटा प्रणालीअनुसारको उडानतालिकामा कतिपय गन्तव्यका हाम्रा उडानहरु बन्द गर्नुपरेको थियो, अब आज सम्पूर्ण उडान यथावत रहनेछ’, बर्तौलाले भने ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तव्यका लागि यति एयरलाइन्सले २५ र तारा एअरले ८ वटा उडान तालिका निर्धारण गरेको छ ।

यसैबीच आन्तरिक उडानका सबै एयरलाइन्सले आजको पूर्वनिर्धारित उडान तालिका यथावत राखेका छन् । बुद्ध एयर, श्री एयर, सौर्य एयर लगायतको नियमित उडानहरु पनि प्रभावित हुने छैनन् ।

वायुसेवा सन्चालक संघका प्रवत्ता योगराज कँडेलका अनुसार भोलिदेखि हवाई सेवा पनि बन्द हुने भएपछि विमानमा यात्रुको चाप अत्याधिक छ । बैशाख १६ गतेदेखि राजधानी काठमाडौं उपत्यकामा लगाइएको निशेधाज्ञायता सडक यातायात बन्द छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर