आफू हुँदा ठिक अरू हुँदा विरोध गर्ने संस्कृति गलत: मुख्यमन्त्री पोखरेल (भिडियोसहित) – Nepal Press

आफू हुँदा ठिक अरू हुँदा विरोध गर्ने संस्कृति गलत: मुख्यमन्त्री पोखरेल (भिडियोसहित)

रूपन्देही । लुम्बिनी प्रदेशमा पुनः नियुक्ति भएका मुख्यमन्त्री शंकर पोखरेलले शपथग्रहण कार्यक्रममा गरिएको अवरोध गलत राजनीतिक संस्कारको शुरूवात भएको बताएका छन् ।

प्रदेश प्रमुखको धर्मनाथ प्रसाद यादवसमक्ष आज साँझ शपथ लिएपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राजनीतिमा आफू हुँदा ठिक अरू हुँदा विरोध गर्ने गलत संस्कृतिलाई हटाउँदै लैजानुपर्ने बताए ।

जसपाको सहकार्यमा संयुक्त सरकार बनाएको समयमा जसपाको बहुमतको निर्णयलाई नमानेर कारबाही नाटक गरिएको उनले बताए । त्यो घटनापछि एमाले एक्लैले बहुमतको सरकार बनाउने अवस्थामा आएको उनले बताए ।


प्रतिक्रिया

One thought on “आफू हुँदा ठिक अरू हुँदा विरोध गर्ने संस्कृति गलत: मुख्यमन्त्री पोखरेल (भिडियोसहित)

  1. थुक्क किर्ते ओलीगुटको छौँडा शंकरे ३७ सांसदको सरकार ४२ को प्रतिपक्ष पनि हुन्छ?? तँलाई सेना परिचालन गरेर सपथ खानुपर्ने ??? नैतिकहिन ओलीगुटले एमालेलाई सक्कायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर