स्याङजामा मंगलबारदेखि १० दिन निषेधाज्ञा – Nepal Press

स्याङजामा मंगलबारदेखि १० दिन निषेधाज्ञा

पोखरा । कोरोना महामारी बढेको भन्दै स्याङजामा २१ गतेदेखि १० दिन लकडाउन हुने भएको छ ।

निषेधाज्ञामा अत्यावश्यकबाहेक सम्पूर्ण कामहरु बन्द गर्न जिल्ला प्रशासन कार्यालय स्याङजाले आदेश जारी गरेको छ।

निषेधाज्ञामा, स्वास्थ्य क्षेत्र, बैंक तथा वित्तीय संस्था, सञ्चार, दमकलबाहेक सार्वजनिक तथा निजी सवारी साधनहरुसमेत बन्द हुनेछन् ।

‘दैनिक उपभोग्य खाद्यसामाग्री, दूध, फलफूल, ग्यास, पानी, पेट्रोलियम पदार्थ, निर्माण सामाग्रीहरु दिनमा एक पटक बिहान ५ बजेदेखि ११ बजेसम्ममात्रै खुल्नेछ,’ निषेधाज्ञामा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर