कास्कीमा थप कडाइ, थपियो १० दिन निषेधाज्ञा – Nepal Press

कास्कीमा थप कडाइ, थपियो १० दिन निषेधाज्ञा

पोखरा । कोरोना महामारी बढेको भन्दै कास्कीको लकडाउनलाई थप कडाइ गरिएको छ । जारी लकडाउनलाई थप कडाइ गर्दै २१ देखि ३१ गतेसम्म निरन्तरता दिइएको छ ।

१३ गते जारी गरेको निषेधाज्ञामा २१ गतेसम्म आंशिक लकडाउन गरिएको थियो । उक्त लकडाउनमा निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । तर, आइतबार जारी आदेशमा सवारीसाधन पनि बन्द गर्न भनिएको छ ।

निषेधाज्ञामा पार्टी प्यालेस, होटल रेस्टुरेन्टमा हुने बिबाह, संस्कारजन्य हरेक क्रियाकलाप बन्द गर्न आदेश जारी गरिएको छ ।

स्वास्थ्य क्षेत्र, शववाहन, दमकलबाहेक सार्वजनिक तथा निजी सवारी साधनहरुसमेत बन्द हुनेछन् । ‘दैनिक उपभोग्य खाद्यसामाग्री, दूध, फलफूल, ग्यास, पानी, पेट्रोलियम पदार्थ, निर्माण सामाग्री, ‘डिपार्टमेन्टल स्टोरहरु दिनमा एक पटक बिहान ५ बजेदेखि ९ बजेसम्ममात्रै खुल्नेछ,’ निषेधाज्ञामा भनिएको छ ।

गण्डकीमा कास्कीसहित स्याङजा र बागलुङ पनि २१ गतेदेखि १० दिन पूर्ण लकडाउन हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *