लुम्बिनी प्रदेशमा दुई मन्त्री नियुक्त, चौधरी र रिजालले लिए सपथ – Nepal Press

लुम्बिनी प्रदेशमा दुई मन्त्री नियुक्त, चौधरी र रिजालले लिए सपथ

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार साँझ दुई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् गठन गरेका छन् ।

पोखरेलले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री हरि रिजाललाई नियुक्त गरि सपथग्रहण समेत गराएका छन् ।

चौधरी यसअघि भौतिक पुर्वाधारमन्त्री थिए । रिजाल भने नयाँ हुन् । पोखरेलले आइतबार साँझ मुख्यन्त्रीको सपथग्रहण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर