भारतीय गाडीमा बालकको मृत्यु प्रकरण : गाडी मालिक र चालकलाई कर्तव्य ज्यानमा मुद्दा – Nepal Press

भारतीय गाडीमा बालकको मृत्यु प्रकरण : गाडी मालिक र चालकलाई कर्तव्य ज्यानमा मुद्दा

दाङ । लक लागेको आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा तीनजना बालक मृत भेटिएपछि प्रहरीले गाडी मालिक र चालकलाई कर्तव्य ज्यानमा मुद्दा चलाएको छ ।

दाङ देउखुरी जिल्ला अदालतले गाडी मालिक यादव गैरे र चालक पदम बस्नेतलाई ५ दिन थुनामा राखि अनुसन्धान गर्न अनुमति समेत दिएको छ ।

शनिबार बेलुकी तुलसीपुर ६ गाइडरका भिमबहादुर परियारका १० वर्षिय छोरा सन्देश,सन्तोष परियारका ७ वर्षिय छोरा सुवर्ण र किरण परियारका ७ वर्षिय छोरा करण लक गरेर राखिएको गाडीमा मृत भेटिएका थिए ।

उनीहरू तुलसीपुर ६ स्वर्गद्वारी टोलमा पार्किङगरी राखिएको लक लागेको भारतीय गाडी भित्र शनिवार बेलुकी मृत भेटिएका थिए ।

इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार घटनाको अनुसन्धानकालागि नेपालगन्जबाट तालिमप्राप्त कुकुर सहित प्रहरीको बिशेषज्ञ टोली तुलसीपुर आएको छ ।

मृतक तीनजना बालकको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

पोस्टमार्टमका लागि बुटवलबाट बिशेषज्ञ डाक्टर केहीबेर अघि तुलसीपुर आइपुगेको इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *