महामारीविरुद्धको लडाइमा संघीय सरकारले तोक्यो सातै प्रदेशमा ‘फोकल मन्त्री’ – Nepal Press

महामारीविरुद्धको लडाइमा संघीय सरकारले तोक्यो सातै प्रदेशमा ‘फोकल मन्त्री’

काठमाडौं । संघीय सरकारले कोभिड-१९ को महामारी रोकथाम, नियन्त्रणका लागि सातै प्रदेशहरुमा समन्वय गर्न सातजना मन्त्रीलाई संयोजक तोकेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेशसँग समन्वय र संयोजन गरि महामारीविरुद्धको लडाइमा आवश्यक पर्ने लजिष्टिक लगायतका सहयोगको लागि संघीय सरकारले फोकल मन्त्री तोकेको हो ।

बैठकले प्रदेश १ को संयोजकमा भूभि व्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फेलाई तोकेको छ । त्यस्तै प्रदेश २ को संयोजकमा शहरी विकास मन्त्री प्रभु साह तोकिएका छन् ।

वागमतीमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, गण्डकीमा कृषिमन्त्री पद्मा अर्याल, लुम्बिनीमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, कर्णालमा वनमन्त्री प्रेम आले र सुदूरपश्चिमको संयोजकमा उद्योग मन्त्री लेखराज भट्ट तोकिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर