७१८ को नमूना परीक्षण गर्दा ४४१ मा कोरोना, ५ को मृत्यु – Nepal Press

७१८ को नमूना परीक्षण गर्दा ४४१ मा कोरोना, ५ को मृत्यु

१४५ जना कोरोनामुक्त भएर घर पर्किए

रूपन्देही । आइतबार रुपन्देहीमा ७१८ नमूना परीक्षण गर्दा ४४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमतिले ज्यान गुमाएका छन् ।

२४ घण्टामा बुटवलमा २०७ जना नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमामा १०४ जना थपिएका छन् । सिद्धार्थनगरमा ५८ जना, देवदहमा २३ जना, सैनामैनामा २० जना, सुद्धोधनमा ६ जना संक्रमित थपिएका छन् ।

त्यसैगरि सियारी, ओमसतिया र कञ्चनमा ५–५ जना थपिएका छन् भने लुम्बिनी साँस्कृतिक नगरमा ३ जना, रोहिणीमा २ जना र कोटहिमाईमा १ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा १४५ जना कोरोनामुक्त भएर घर फर्केका छन् भने अहिले पनि जिल्लामा ३६०३ जना सक्रिय संक्रमित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर