मंगलबारदेखि बागलुङ नगरपालिकामा निषेधाज्ञा घोषणा – Nepal Press

मंगलबारदेखि बागलुङ नगरपालिकामा निषेधाज्ञा घोषणा

काठमाडौं । कोरोनाभाइरसको जोखिम बढेको भन्दै बागलुङ नगरपालिकामा बैशाख २१ गतेदेखि लकडाउन घोषणा भएको छ ।

नगरपालिकाका मेयर जनकराज पौडेलले २१ गते विहान ६ देखि निषेधाज्ञा घोषणा गरिएको जनाएका हुन् । स्वास्थ्य मन्त्रालयले बागलुङ सदरमुकामलाई कोरोना अति प्रभावित जिल्लाको रुपमा राखेको छ ।

आइतबार बागलुङमा ६ जना संक्रमित थपिएका छन् । यसअघि भाइरसको संक्रमण रोक्न बलेवा क्षेत्रमा बन्दाबन्दी गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *