रेमिट कम्पनीलाई राष्ट्र बैंकले भन्यो- ‘फेस टू फेस’ कारोबार नगर्नू – Nepal Press

रेमिट कम्पनीलाई राष्ट्र बैंकले भन्यो- ‘फेस टू फेस’ कारोबार नगर्नू

काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै रेमिट कम्पनीलाई सुरक्षित कारोबार गर्न निर्देशन जारी गरेको छ ।

वर्क फ्रम होम , रिमोट एक्सेस , २० प्रतिशतभन्दा कम कर्मचारीमार्फत सेवा प्रवाह गर्न , सूचना प्रविधिको प्रयोग गरी विद्युतीय माध्यमबाट कार्य गर्न, जोखिम न्यूनिकरण गर्नका लागि यसअघि जारी गरेका निर्देशनको पालना गर्न केन्द्रीय बैंकको निर्देशन छ ।

जोखिम न्यूनिकरणका लागि सेवाग्राहीसँग ‘फेस टू फेस’ नभइ पनि प्रविधिको प्रयोग गर्न रेमिट कम्पनीहरूलाई आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर