पर्यटनमन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण – Nepal Press

पर्यटनमन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं । पर्यटनमन्त्री भानुभक्त ढकाल र पत्नी इन्दिरा फुयाँललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्री ढकालले सामाजिक संजालबाट दम्पतीलाई नै भाइरस संक्रमण पुष्टि भएको जनाएका छन् ।

आइतबार गरिएको परीक्षणमा नतिजा पजेटिभ देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले जनाएका छन् । अहिले निवासमै आराम गरिरहेको समेत उनले उल्लेख गरेका छन् ।

आफूहरुसँग सम्पर्कमा आएकालाई सावधानी अपनाउन समेत उनले आग्रह गरेका छन् । यसअघि संघीय मन्त्रिपरिषद्का दुई सदस्य खानेपानीमन्त्री मणी थापा र ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर