अस्पताल चहार्दा चहार्दै गुम्यो संविधानसभा सदस्य चौधरीको ज्यान – Nepal Press

अस्पताल चहार्दा चहार्दै गुम्यो संविधानसभा सदस्य चौधरीको ज्यान

कैलाली । संविधानसभा सदस्य रबनी चौधरी चार महिनादेखि कलेजो र मिर्गौलाको समस्याबाट पीडित थिइन् । शुक्रबार उनको स्वास्थ्यमा थप समस्या देखिएपछि श्रीमान् मोतीलाल चौधरीले उनलाई उपचारका लागि धनगढीको नवजीवन अस्पताल ल्याए । अस्पतालले उनलाई भर्ना लिन मानेन ।

नवजीवन अस्पतालले उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजान सुझाए । ‘गाह्रो भएर अस्पताल ल्याइयो, तर भर्ना नै लिन मानेन’ मोतीलाल भन्छन्, ‘सेती अस्पताल लगिहाल्न पनि गाह्रो थियो ।’

कठिन परिस्थितिबीच नै मोतीले श्रीमती रबनीलाई सेती अस्पताल पर्याए । तर सेती अस्पतालले पनि भर्ना लिन मानेन । ‘अस्पातालले नै भर्ना नलिएपछि हामीले के गर्न सक्ने रहेछौं र !’ निन्याउरो अनुहारमा मोतीले पीडा सुनाए ।

त्यसपछि मोतीले धनगढी उपमहानगरपालिका ५ तारानगरमा रहेको प्रदेश स्वास्थ्य प्रयोगशालामा जाँच गरे । कोरोना संक्रमणको शंका लागेर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आयो । त्यसपछि उनले फेरि श्रीमतीलाई नवजीवन अस्पताल ल्याएर भर्ना गरे । कोरोना संक्रमणले ग्रस्त ३४ वर्षीया रबनीको आइतबार दिउँसो मृत्यु भयो ।

शुक्रबार कुनै पूर्वाधार नभएकाले भनाए नलिएको नवजीवन अस्पतालका लेखा प्रमुख राजेश पाण्डेले बताए । ‘हामीले रातारात वार्ड तयार गरेर हिजोबाट उपचार थालेका छौं ।’

चौधरीको त्यसअघि काठमाडौँ स्थित पाटन अस्पतालमा उपचार भइरहेको थियो । केही समयका लागि औषधि लिएर उनी कैलाली फर्किएकी हुन्।

२०७० सालमा संविधानसभामा निर्वाचित एमाले समानुपातिक सांसद चौधरी २०७४ सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस प्रवेश गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर