सरकारले भन्यो- आलोपालोमा कर्मचारी खटाउनू, पालो नपरेकालाई कोभिड काज दिनू (पत्रसहित) – Nepal Press

सरकारले भन्यो- आलोपालोमा कर्मचारी खटाउनू, पालो नपरेकालाई कोभिड काज दिनू (पत्रसहित)

काठमाडौं । सरकारले कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी सरकारी कार्यालयमा आलोपालो वा ‘वर्क फ्रम होम’ प्रणाली लागू गर्न निर्देशन दिएको छ ।

वैशाख १३ गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णयलाई कार्यान्वयन गर्ने क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो निर्देशन दिएको हो ।

सरकारी र सार्वजनिक कार्यालयमा अनावश्यक भीडभाड हुन नदिन र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयबाहेक अन्य कार्यालय प्रमुखले आलोपालो पद्धतिअनुसार कर्मचारी खटाई काम पुनः सञ्चालन राख्ने व्यवस्था मिलाउन विभिन्न आयोग, प्राधिकरण र आफू मातहतका विभाग र कार्यालयलाई पत्र लेख्दै निर्देशन दिएको छ ।

कार्यालयले घरबाटै गर्न सकिने कामका हकमा घरबाटै गर्ने र पालोमा अनुपस्थित हुने कर्मचारीका हकमा कार्यालय प्रमुखले कोभिड काजको व्यवस्था मिलाउन भनेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यही वैशाख १३ गतेको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि ती संवैधानिकलगायत विभिन्न निकायमा यही वैशाख १५ गते पत्राचार गरी सो जानकारी दिएको हो । कोभिड–१९ को सङ्क्रमण बढेपछि काठमाडौँ उपत्यकालगायत ३१ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर