सूर्य चिन्हबाट जितेका लुम्बिनीका दुई सांसद कांग्रेस-माओवादी गठबन्धनमा – Nepal Press

सूर्य चिन्हबाट जितेका लुम्बिनीका दुई सांसद कांग्रेस-माओवादी गठबन्धनमा

शाही भन्छन्-हामी एमालेको सदस्य नभएकाले सांसद पद नजानु पर्ने हो

रुपन्देही । नेकपा एमालेको सूर्य चिन्ह लिएर २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित भएका दुई जना सांसद कांग्रेस-माओवादी गठबन्धनमा लागेका छन् ।

शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भए लगत्तै धर्मवहादुर लाल श्रीवास्ताव र अजय शाहीले एमालेको साथ छाडेका हुन् । एमालेकै सांसद दुर्गानारायण पाण्डेले प्रदेश सभा सदस्यबाट राजिनामा दिए पनि आफूहरुले राजिनामा नदिएको अजय शाहीले बताए ।

शाही हृदयेश त्रिपाठीसँगै सूर्य चिन्ह लिएर पश्चिम नवलपरासीबाट निर्वाचित भएका थिए । श्रीवास्ताव कपिलबस्तुबाट निर्वाचित हुन् । नेपाल प्रेससँग कुरा गर्दै सांसद शाहीले आफूहरुले राजिनामा नदिएको भन्दै गठबन्धनलाई सघाउने निर्णय गरेको बताए ।

यसबारेमा आफूहरुले हृदयेत्र त्रिपाठीसँग सल्लाह नगरेको उनको भनाइ छ । आफूहरुले सूर्य चिन्ह लिएर जिते पनि एमालेको सदस्य नभएका कारण पद रिक्त नहुने शाहीको दावी छ । ‘हामीले सूर्य चिन्ह लिएर जितेको हो तर पार्टीको सदस्यता नलिएकाले पद नजानु पर्ने हो’ शाहीले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर