कपिलबस्तुमा २१ गतेदेखि १० दिन निषेधाज्ञा – Nepal Press

कपिलबस्तुमा २१ गतेदेखि १० दिन निषेधाज्ञा

रुपन्देही । कोरोना संक्रमण बढ्दै गएपछि लुम्बिनी प्रदेशको कपिलवस्तुमा वैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ । आइतबार जिल्लास्तरीय कोरोना नियन्त्रण समितिको बैठकले उक्त निर्णय गरेको हो । कपिलवस्तुमा कोरोना भाइरसका सक्रिय संक्रमित ४ सय २९ पुगेका छन् ।

निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु किनमेलका लागि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पसलहरु खुला रहने प्रशासनले जनाएको छ । लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, गुल्मी, दाङ, प्युठान, बाँके र बर्दियामा यसअघि नै निषेधाज्ञा जारी भैसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर