एमाले आकस्मिक स्थायी कमिटी बैठक : कोरोना नियन्त्रण र लुम्बिनी राजनीतिबारे ‘ब्रिफिङ’ – Nepal Press

एमाले आकस्मिक स्थायी कमिटी बैठक : कोरोना नियन्त्रण र लुम्बिनी राजनीतिबारे ‘ब्रिफिङ’

काठमाडौं । नेकपा एमालेको आकस्मिक स्थायी कमिटी बैठक सकिएको छ।

बैठकमा कोरोना महामारी यसको रोकथाम र नियन्त्रणबारे छलफल भएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

‘कोभिडबारे छलफल भयो,’ नेपाल प्रेससँग उनले भने, ‘यसविरुद्ध लाग्न आफ्नो कार्यकर्तालाई आह्वान गर्‍यौं ।’

नेम्वाङले लुम्बिनी प्रदेशको पछिल्लो घटनाक्रमबारे प्रधानमन्त्री एमव अध्यक्ष केपी शर्मा ओलीले ‘ब्रिफिङ’ गरेको जानकारी दिए । उलने भने, ‘अनि अध्यक्ष एवम् प्रधानमन्त्रीले लुम्बिनी लगायतका बारेमा जानकारी गराउनुभयो ।’

बैठक सकिनासाथ प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका छन् । नेम्वाङले यो सामान्य भएको बताए।

‘प्रधानमन्त्री र राष्ट्रपतिको त बेला-बेला भेटघाट भइरहन्छ,’उनले भने, ‘यो सामान्य हो । उहाँहरूले भेट्नु भएन भने चाहिँ असामान्य भएछ भन्ने बुझ्नुपर्छ ।’

‘बैठकले कोभिड बिमारीहरूको उपचारका लागि आवश्यक पूर्वाधार, शय्याहरू, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधीको तत्काल थप प्रबन्ध गर्न र अन्य तयारी तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ’, परराष्ट्रमन्त्रीसमेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै बैठकले समग्र पार्टीपंक्तिलाई कोभिडविरुद्धको यस कठिन लडाइँमा स्वयम्सेवी रूपमा परिचालित हुन पनि आह्वान गरेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर