मन्त्रिपरिषद् बैठक आज बस्दै : अन्तर्राष्ट्रिय उडान र सीमानाकाबारे निर्णय हुनसक्ने – Nepal Press

मन्त्रिपरिषद् बैठक आज बस्दै : अन्तर्राष्ट्रिय उडान र सीमानाकाबारे निर्णय हुनसक्ने

काठमाडौं । कोरोनाभाइरस महामारी नियन्त्रण, रोकथाम र उपचारबारे सीसीएमसीले गरेका सिफारिसबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

अपरान्ह ४ बजे बस्ने बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हिजो गरेका १४ बुँदे सिफारिसमाथि छलफल हुने जनाइएको छ ।

सीसीएमसीले भारत, बेलायत, अमेरिका लगायत १० मुलुकबाट हुने सीधा उडानसहित आन्तरिक उडानमा रोक लगाउनुपर्ने सुझावसहितका सिफारिस पठाएको थियो । साथै, जारी निषेधाज्ञालाई प्रभावकारी बनाउनको लागि केही सुझाव पनि त्यहाँ उल्लेख थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर