सडकमा चाप : हेलचेक्रयाइँ कि बाध्यता ? (फोटो/ भिडियो) – Nepal Press
सडकमा चाप : हेलचेक्रयाइँ कि बाध्यता ? (फोटो/ भिडियो)
नेपाल प्रेस २०७८ वैशाख १९ गते १३:०६
२०७८ वैशाख १९ गते १३:०६

काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले जारी गरेको दुई साता लामो लकडाउन (निषेधाज्ञा) जारी भएको चौथो दिन पनि सडकमा सवारी साधनको चाप बढेको छ ।

सरकारले अत्यावश्यक सेवाहरु सञ्चालन गर्न अनुमति दिएपछि सडकमा सवारीको चाप बढेको हो । कार्यालय समयमा एकैपटक सडकमा निस्किदा ठाउँ ठाउँमा जाम भएको छ ।

 

नेपाल प्रेस टिम कोटेश्वर, जडीबुटी, कलंकी क्षेत्रको रिपोटिङमा पुग्दा सयौं गाडी र मोटरसाइकलहरुले सडक जाम भएको छ । कोटेश्वर जडीबुटी क्षेत्रमा झण्डै ४५ मिनेट जाम भएको थियो ।अधिकांशले विभिन्न कार्यालयका परिचयपत्र भिरेका छन् ।

साथै विभिन्न नाका भएर उपत्यका प्रवेश गर्ने सवारीहरुको लामो लाइन छ । पास नभएको सवारीलाई प्रहरीले बाटोबाट फर्काएको छ ।
एकाएक जाम भएपछि ट्राफिक व्यवस्थापनमै समस्या आएको छ ।


वैंक तथा वित्तीय संस्था,सहकारी,सरकारी कार्यालय,सन्चारगृहका कार्ड तथा खाद्यान्न लगायत अत्यावश्यक सामाग्री ढुवानी गर्नेहरुलाई खुकुलो बनाइएका कारण एकाएक हजारौं मान्छे सडकमा निस्केका हुन् ।

सडकमा जाम हुन थालेपछि प्रहरीले चेकिङमा कडाइ गरेको छ । पत्रकारहरुलाई पनि सूचना विभागको कार्ड अनिवार्य गरेको छ । यस्तै बैक तथा वित्तिय संस्थाशरु पनि सीमित मात्रमा खोल्न आग्रह गरेको हो ।

निषेधाज्ञाको पहिलो दिन खुकुलो बनाइएको थियो । सरकारले लकडाउन खुकुलो भएको भन्दै लकडाउनमा कडाइ गर्ने भनिएता पनि सडकमा सवारी साधनको चाप बढ्दो छ ।

चोकचोकमा ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, जनपथ प्रहरीले चेकजाँच गरिरहेको छ । भने अनावश्यक सडकमा निस्कने सवारीचालकलाई होल्डमा राखिएको छ ।

तस्बिर/भिडियो : राजाराम न्यौपाने