भारतमा आज झन्डै ४ लाख संक्रमित थपिए, ३,६०० जनाको मृत्यु – Nepal Press

भारतमा आज झन्डै ४ लाख संक्रमित थपिए, ३,६०० जनाको मृत्यु

दिल्ली । भारतमा आइतबार एकैदिन ३ लाख ९२ हजार ४८८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६८९ जना संक्रमितको मृत्यु भएको छ ।

३ लाख ७ हजार जना निको भएका छन् ।

भारतमा कूल संक्रमित संख्या १ करोड ९५ लाख पुगेको छ । कूल मृत्यु संख्या २ लाख १५ हजार पुगेको छ । सक्रिय संक्रमित संख्या ३३ लाख ४९ हजार पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर