हङकङद्वारा अनिश्चितकालको लागि नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध – Nepal Press

हङकङद्वारा अनिश्चितकालको लागि नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध

काठमाडौं । हङकङले शनिबारदेखि लागु हुने गरि नेपालसँगका सबै हवाइ उडानलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

नेपालमा कोरोनाभाइरसको नयाँ प्रजाति ब्यापकरुपमा फैलिएको जनाउँदै उक्त रोक लगाइएको जनाइएको छ ।

चिनियाँ संचारमाध्यम सिन्ह्वाद्वारा प्रेषित विवरणमा अर्को सूचना जारी नभइञ्जेलसम्म काठमाडौंबाट हुने उडानमा अनिश्चितकालको लागि रोक लगाइएको उल्लेख छ ।

हङकङले नेपाललाई उच्च जोखिमपूर्ण मुलुकको रुपमा समेत उल्लख गरेको छ । हङकङले यसअघि भारत, पाकिस्तान र फिलिपिन्सबाट हुने उडानलाई समेत प्रतिबन्ध लगाइसकेको छ । यी तीन मुलुकको प्रतिबन्ध पनि अनिश्चितकालको लागि रहने जनाइएको छ ।

यसअघि हङकङ पुगेका १३ जना नेपालीमा भाइरस पजेटिभ देखिएपछि उसले केही समयका लागि नेपालमाथिको उडान प्रतिबन्ध लगाएको थियो । हङकङमा शनिबार पनि स्थानीय संक्रमण शुन्य देखिएको छ भने आयातित संक्रमण ८ भेटिएको उल्लेख छ ।

कोरोनाबाट हङकङमा मृत्यु हुने संख्या २१० पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *