कैलालीका २०४ जनामा संक्रमण, ५ जनाको मृत्यु – Nepal Press

कैलालीका २०४ जनामा संक्रमण, ५ जनाको मृत्यु

कैलाली । कैलालीमा शनिबार थप २०४ जनामा संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका २०४ जनामा संक्रमण पुष्टि भएको हाे ।

सबै भन्दा धेरै धनगढीमा सङ्क्रमित देखिएका छन् । धनगढीमा मात्रै ११३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

कैलालीका अन्य स्थानीय तहमा ९१ सङ्क्रमित थपिएका छन् ।
कैलाली बाहेकका सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा ३७ सङ्क्रमित थपिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए

५ जनाको मृत्यु
शनिवार कैलालीमा ५ जनाको मृत्यु भएको छ ।
शनिवार साँझ धनगढी उपमहानगरपालिका ३ की ३८ वर्षकि महिलाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कैलालीमा शनिवार मात्रै ५ जना संक्रमितको मृत्यु भएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शुक्रवार सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो। यो सहित आज कैलालीमा ५ सङ्क्रमितको मृत्यु भएको छ ।

कञ्चनपुरको बेल्डाडी गाउँपालिका १ का ५५ वर्षीय पुरुष र कञ्चनपुरकै भिमदत्त नगरपालिका १८ का ३२ वर्षीय पुरुषको कोरोना अस्पतालमा मृत्यु भएको थियो ।

शनिबार नै कैलालीको जानकी गाउँपालिका–३ की ५९ वर्षकि महिला र गोदावरी नगरपालिका१ का २८ वर्षीय पुरुषको सङ्क्रमणबाट मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर