सांसद श्रेष्ठलाई कोरोना संक्रमण, सुरक्षित रहन सबैलाई आग्रह – Nepal Press

सांसद श्रेष्ठलाई कोरोना संक्रमण, सुरक्षित रहन सबैलाई आग्रह

तनहुँ । प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा असहज भएपछि शनिबार गरिएको पीसीआर परीक्षण अनुसार सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण भएपनि कुनै प्रकारको असजिलो महशुस नभएको र होम आइसोलेशनमै रहेको सांसद श्रेष्ठले बताए । कोरोना संक्रमण बढिरहेको अवस्थामा सांसद श्रेष्ठले सबैलाई सुरक्षित रहनका लागि आग्रह समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *