काठमाडौंका कुन वडामा कति सक्रिय संक्रमित, कतिको ज्यान गयो ? (तथ्यांकसहित) – Nepal Press

काठमाडौंका कुन वडामा कति सक्रिय संक्रमित, कतिको ज्यान गयो ? (तथ्यांकसहित)

काठमाडौं । देशको राजधानी काठमाडौं कोभिड संक्रमणको दोस्रो लहरमा लगभग हटस्पट बनिसकेको छ । काठमाडौं महानगरपालिकाका ३२ वटा वडामध्य संक्रमित नभएको कुनै पनि वडा बाँकी रहेका छैनन् । नेपाल प्रेसले काठमाडौं महानगरका कुन वडामा कति सक्रिय संक्रमित छन् र कतिजनाको ज्यान गयो ?

यसलाई चार्ट बनाएर देखाउने प्रयास गरेको छ । तथ्यांक अनुसार सबैभन्दा धेरै सक्रिय संत्रमित ३२ नम्बर वडामा रहेका छन् । कोटेश्वर क्षेत्र रहेको यस वडामा मृत्युदर पनि उच्च देखिएको छ । सबैभन्दा धेरैको मृत्यु अहिलेसम्म वडा नम्बर ५ स्वयंभू क्षेत्रमा २३जनाको भइसकेको छ । सक्रिय संक्रमित सबैभन्दा कम वडा नम्बर १० मा छन् ।