नेपाल र डोमिनिकबीच कूटनीतिक सम्बन्ध स्थापित – Nepal Press

नेपाल र डोमिनिकबीच कूटनीतिक सम्बन्ध स्थापित

न्यूयोर्क । नेपाल र क्यारेबियन मुलुक डोमेनिकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै १६९ देशसँग नेपालको बाह्य सम्बन्ध विस्तार भएको छ ।

कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र डोमेनिकाका स्थायी प्रतिनिधि लोरिन रुथ बान्निस रोबर्टले न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा आज हस्ताक्षर गरे ।

त्यस अवसरमा दुवै राजदूतले पारस्परिक लाभका खातिर आपसी सम्बन्ध अझ विस्तार गर्ने सम्बन्धमा विचारविमर्श गरेको राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले जनाएको छ ।

नेपाल र डोमिनिकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी दुवै देशका राजदूतले संयुक्तपत्रमार्फत राष्ट्र सङ्घका महासचिव एण्टोनियो गुटरेसलाई दिएको बताइएको छ ।

७ सय ५० वर्गकिलोमिटर क्षेत्रफल करीब ७५ हजार जनसङ्ख्या भएको टापु राज्य डोमिनिका र नेपाल समूह ७७ र असंलग्न आन्दोलनका सदस्य हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर