ढकमक्क फुल्यो जाकारान्डा, खुल्यो काठमाडौंको सौन्दर्य (तस्विरहरु) – Nepal Press
ढकमक्क फुल्यो जाकारान्डा, खुल्यो काठमाडौंको सौन्दर्य (तस्विरहरु)
निशान्त सिंह गुरुङ्ग २०७८ वैशाख १८ गते १२:२९
२०७८ वैशाख १८ गते १२:२९

काठमाडौं । बसन्त ऋतु सुरु भएसँगै अहिले राजधानी काठमाडौं फूलले मुस्कुराउन थालेको छ । राजधानीका सडक किनारमा जाकारान्डा फूल ढकमक्क फुल्न थालेसँगै ती ठाउँको सौन्दर्य बढेको छ ।

दरबारमार्ग, रत्नपार्क, भृकुटीमण्डप, सुन्धारा सडकछेउमा फुलेका यी जाकारान्डाले राजधानीको सौन्दर्य बढाएका छन् । लकडाउनको बाबजुद पनि मान्छेहरु यी फूलहरुमा आफूलाई कैद गर्न सेल्फी र भिडियो खिचिरहेका देखिन्छन् ।

जाकारान्डाको रुख काठमाडौं चक्रपथ वरपर पनि रोपिएको छ र त्यस वरपर पनि फूल फुल्न थालेको छ । अघिपछि उजाड देखिने यी ठाउँमा जाकारान्ड फुल्दा दृश्य मनमोहन देखिन थालेको छ ।