रुपन्देहीमा एक कोरोना संक्रमितले गरे आत्महत्या – Nepal Press

रुपन्देहीमा एक कोरोना संक्रमितले गरे आत्महत्या

रूपन्देही । रुपन्देहीकाे सैनामैनास्थित काेराेना विशेष अस्पतालमा एक कोरोना सक्रमितले युवाले झुण्डिएर आत्महत्या गरेका छन् ।

तीनदिन पहिलेदेखि पुनःसञ्चालनमा आएकोे सैनामैना १ वनकट्टास्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा बनेको कोरोना विशेष अस्थायी अस्पतालमा रहेका संक्रमितले शैाचालयमा झुण्डिएर आत्महत्या गरेको नगरप्रमुख चित्र बहादुर कार्कीले जानकारी दिए ।

नगरप्रमुख केसीले भने, ‘उहाँ अलि आत्तिनु भएको थियो, उहाँको मनोबल कम थियो, मनोचिकित्सक राखेर सम्झाउँदै आएका थियौं ।’

सो अस्पतालबाट एक जटिल बिरामीको लागि हेलिकप्टर मगाएर हिजोमात्रै काठमाडौं  उपचारका लागि लगिएको थियो ।

अस्पतालमा हाल तीनवटा मोनिटरयुक्त बेड, पाँचवटा अक्सिजनयुक्त बेड र ४५ वटा आइसोलेसन बेड रहेको छ । यसैगरी एकजना विशेषज्ञ डाक्टर, एकजना हेल्थ असिस्टेन्ट, दुईजना स्टाफ नर्स, चारजना अनमी र एकजना अहेब कार्यरत छन् ।

केही दिनअघिमात्र यसकाे सेवा विस्तार गरिएकाे थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर