कैलाली र कञ्चनपुरमा ७ कोरोना संक्रमितको मृत्यु – Nepal Press

कैलाली र कञ्चनपुरमा ७ कोरोना संक्रमितको मृत्यु

कैलाली । कैलाली कञ्चनपुरमा पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ । कैलालीमा ३ जनाले ज्यान गुमाएका छन् भने कञ्चनपुरमा ४ संक्रमितको मृत्यु भएको छ ।

कैलालीमा जानकी गाउँपालिका-३ की ५९ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

कोरोना संक्रमण देखिएपछि टीकापुर अस्पतालमा उपचाररत उनको शुक्रबार साँझ मृत्यु भएको उनले बताए । यस्तै जिल्लाको लम्की चुहा नगरपालिका-५ की ५० वर्षीया महिलाको पनि मृत्यु भएको छ। वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको शनिबार बिहान १ बजे मृत्यु भएको हो ।

शनिबार बिहानै कैलाली गोदावरी नगरपालिका १ का २८ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ ।

यता कञ्चनपुरमा भीमदत्त नगरपालिका-१८ का ५२ वर्षीय पुरुष, भीमदत्त नगरपालिका-१४ की ४८ वर्षीया महिलाको महाकाली अस्पतालमा मृत्यु भएको छ भने एक जनाले होम आइसोलेसनमा थप एक जनाको डडेल्धुरा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका-१८ का एक ६८ वर्षीय पुरुषको होमआइसोलेसन मृत्यु भएको र दोधारा चाँदनीका १ जनाको डडेल्धुरा लैजाँदै गर्दा बाटोमा नै मृत्यु महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर