बुटवलमा थप २ कोरोना संक्रमितको मृत्यु – Nepal Press

बुटवलमा थप २ कोरोना संक्रमितको मृत्यु

रूपन्देही । बुटवलको कोरोना विशेष अस्पतालमा आज बिहान २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

उपचारका लागि अस्पताल भर्ना भएका नवलपरासी र रुपन्देहीका २ जना संक्रमितको मृत्यु भएको हो ।

नवलपरासी रामग्रामकी ४५ वर्षीया महिलाको बिहान ४ बजे र रुपन्देही सुद्वोधन ५ का ५५ वर्षिय पुरुषको बिहान पौने छ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए ।

यो सँगै रूपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९३ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर