रूपन्देहीमा ४५९ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु – Nepal Press

रूपन्देहीमा ४५९ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

रूपन्देही । शुक्रबार रुपन्देहीमा साढे चार सयभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टाको रिपोर्ट सार्वजनिक गर्दै स्वास्थ्य कार्यालय रुपन्देहीले ४५९ जना नयाँ संक्रमित थपिएको जानकारी दिएको छ । आज रुपन्देहीको बुटवल उपमहानगरपालिकामा सबैभन्दा बढी संक्रमित थपिएका छन् ।

बुटवल उपमहानगरमा मात्र २१६ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित थपिएका पालिकाहरुमा तिलोत्तमा नगरपालिकामा ८७ जना, सिद्धार्थनगरमा ७३ जना, देवदहमा २० जना, सैनामैनामा १६ जना, मायादेबी, कञ्चन र सुद्धोधनमा ८/८ जना, सियारी र ओमसतियामा ७/७ जना, गैडहवा, लुम्बिनी साँस्कृतिक नगर, कोटहिमाई र रोहिणीमा २/२ जना तथा मर्चवारीमा १ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । आज मृत्यु भएसंगै जिल्लामा मृत्यु हुनेको संख्या १९१ पुगेको छ । जिल्लाका विभिन्न अस्पताल, आइसोलेशन तथा होम आइसोलेशन गरि रुपन्देहीमा २,९३० जना सकृय संक्रमित रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर