राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि दुई मतदान केन्द्र – Nepal Press

राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि दुई मतदान केन्द्र

काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने वागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ स्थित भुटनदेवी मावि केन्द्र तोकिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।

विद्यालयमा ‘क’ केन्द्रको मतदान स्थलमा प्रदेशसभा सदस्य जम्मा एक सय १० जनाले मतदान गर्ने छन् भने ‘ख’ केन्द्रमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी जम्मा २ सय ३८ जनाले मतदान गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम मतदान स्थल र केन्द्र तोकेको हो ।

यसैविच आजै आयोगले निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्युटर अपरेटरका लागि राष्ट्रियसभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर