नेपालको आर्थिक वृद्धिदर ४.०१ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक प्रक्षेपण – Nepal Press

नेपालको आर्थिक वृद्धिदर ४.०१ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक प्रक्षेपण

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले नेपालको प्रारम्भिक आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने प्रारम्भिक प्रक्षेपण गरेको छ ।

चालु आर्थिक वर्षको वैशाख महिनासम्मको आर्थिक गतिविधिलाई अध्ययन गरेर विभागले सो प्रक्षेपण गरेको हो ।

आर्थिक बर्ष २०७७/७८ को ९ महिनाको कुल गार्हस्थ्य उत्पादन ,उपभोग , बचत र लगानीलाई समेटर राष्ट्रिय लेखासम्वन्धी अनुमानहरू प्रस्तुत गरिएको छ । विभागले राष्ट्रिय लेखा गणना गर्ने आधार वर्ष परिवर्तन गर्दै २०६७/६८ कायम गरेको छ ।

विभागले उपभोक्ता मूल्य ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरेपनि आधारभूत मूल्यमा भने ३.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । उपभोक्ता मूल्यबाट आर्थिक वृद्धिदर गणना गर्दा कर घटाइएको हुँदैन भने आधारभूत मूल्यमा गणना गर्दा कर घटाएर आर्थिक वृद्धि गणना गरिने विभागले जनाएको छ ।

नौ महिनाको तथ्याङ्क समेटर प्रतिवेदन तयार पारिएकाले कोभिडको प्रभाव बढ्दै गएमा उक्त अनुमान घट्न पनि सक्ने विभागको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *