कटुवा पेस्तोलसहित कैलालीमा ५ जना पक्राउ – Nepal Press

कटुवा पेस्तोलसहित कैलालीमा ५ जना पक्राउ

कैलाली । कैलालीमा कटुवा पेस्तोलसहित ५ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय लम्की को टोलीले कटुवा पेस्तोलसहित लम्की चुहा नगरपालिका २ मोतिपुबाट कभिर देवकोटा, निसान भन्ने दीपक मल्ल, आरदिप शाही, मदन शाही र अछाम मङ्गलसेनकी अस्मिता भण्डारीलाई पक्राउ गरेको छ ।

उनीहरूको साथबाट १ थान पेस्तोल र लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत चौधरीले जानकारी दिए ।

बिहीबार राति लम्की चुहा नगरपालिका २ मोतीपुर चोकमा गाडीबाट ओर्लिएका २ जनालाई भाडा माग्दा विवाद गरी पेस्तोल देखाएर उनीहरू फरार भएका थिए ।

राती नै प्रहरीले उनीहरूलाई पच्छाएको थियो । उनीहरूले छोडेको झोलामा प्रहरीले २ थान खुकुरी भेटाएको जनाएको छ ।

थप अनुसन्धान पछि शुक्रबार लम्की चुहा नगरपालिका २ मोतीपुर स्थित काशीराम देवकोटाको घरमा लुकेर रहेको अवस्थामा पेस्तोलसहित ५ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय लम्किका प्रमुख प्रहरी निरीक्षक भरत शाहले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर