पूर्वरानीको स्वास्थ्य गम्भीर, प्लाज्मा थेरापीबाट उपचार थालियो – Nepal Press

पूर्वरानीको स्वास्थ्य गम्भीर, प्लाज्मा थेरापीबाट उपचार थालियो

काठमाडौं । कोरोना संक्रमित भएर नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ ।

उनको प्लाज्मा थेरापीबाट बिहीबार साँझदेखि उपचार थालिएको हो । पूर्वरानी शाहमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो ।

स्वास्थ्य अवस्था सुधार नभएपछि उनको उपचार प्लाज्मा थेरोपीबाट उपचार गरिएको नर्भिक अस्पतालले जनाएको छ ।

आज पनि उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको  छ ।अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ ।

उनलाई पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा राखिएको छ । ज्ञानेन्द्रका छोरी प्रेरणाको अवस्था भने सामान्य छ ।

तीनैजना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए । केही दिनअघि उनप्हरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *