कोभिडविरुद्धको खोप तत्काल उपलब्ध गराउने पहल गर्न रुसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह – Nepal Press

कोभिडविरुद्धको खोप तत्काल उपलब्ध गराउने पहल गर्न रुसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । नेपालका लागि रुसका राजदुत अलेक्सेई नोभिकोभले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड विरुद्धको खोप (स्पुतनिक-भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न राजदुत नोभिकोभलाई आग्रह गरेका थिए ।

जवाफमा राजदुत नेभिकोभसहितका प्रतिनिधिहरुले त्यसतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका छन् । भेटमा दुईपक्षीय सम्बन्धका अन्य आयाममाथि पनि चर्चा भएको थियो ।

दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासहरुलाई थप गति दिने विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर