रुपन्देहीकाे देवदहमा यात्रुबस दुर्घटना, २८ जना घाइते – Nepal Press

रुपन्देहीकाे देवदहमा यात्रुबस दुर्घटना, २८ जना घाइते

रूपन्देही । काठमाडौदेखि सुर्खेत जाँदै गरेकाे यात्रुबाहक बस रूपन्देहीको देबदहमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

ना ७ ख ६०४९ नम्बरको बस देबदह गणेशपुरमा गएराती दुर्घटनामा परेको वडा प्रहरी कार्यालय बुटवलले जानकारी दिएकाे छ ।

उच्च गतिमा रहेको बसले ट्रकलाई ओभरटेक गरी आफ्नाे लेनमा फर्किदै गर्दा अनियन्त्रित भइ सडकदेखि ५ मिटर साइडमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सबै घाइते सामान्य रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *