कैलालीमा शुक्रवार बिहानै २ संक्रमितको मृत्यु – Nepal Press

कैलालीमा शुक्रवार बिहानै २ संक्रमितको मृत्यु

कैलाली । आज कैलालीमा २ जना संक्रमितको मृत्यु भएको छ । गोदावरी नगरपालिका-११ का ६३ वर्षीय पुरुष र लम्कीचुहा-१ का ४२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

गोदावरीका पुरुषको भेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । लम्की चुहाका पुरुषको भने सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

पछिल्लो समय कोरोना सङ्क्रमणबाट कैलालीमा ज्यान गुमाउनेहरूको सङ्ख्या बढिरहेको छ । बिहीबार मात्रै कैलालीमा ७ र समग्र सुदूरपश्चिममा १२ जना संक्रमितकाे निधन भएकाे थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर