कर्मचारीमा कोरोना देखिएपछि बागलुङका २ नगरपालिका बन्द – Nepal Press

कर्मचारीमा कोरोना देखिएपछि बागलुङका २ नगरपालिका बन्द

पोखरा । बागलुङ नगरपालिकामा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि २ दिनका लागि कार्यालय बन्द गरिएको छ । कार्यालय बिहीबार र शुक्रबार बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

‘आइतबारदेखि कार्यालय खुल्ने नखुल्ने विषयमा भने त्यसपछिको परिस्थितिले निर्धारण गर्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्माले जानकारी दिए । एउटै विद्यालयका विद्यार्थी, शिक्षकसहित एकै दिन ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाका १२, १३ र १४ वडामा यसअघिदेखि नै एक हप्ताका लागि निषेधाज्ञा जारी छ ।

गलकोटमा पनि बन्द

२ जना कर्मचारीमै कोरोना संक्रमण पुष्टि भएपछि बागलुङकै गलकोट नगरपालिकाले पनि ३ दिन कार्यालय बन्द गरेको छ । भाेलि शुक्रबारदेखि २० गतेसम्मका लागि अत्यावश्यकबाहेक कार्यालय बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए ।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङमा हाल १ सय २१ सक्रिय संक्रमित छन् । जसमध्ये हालसम्म ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *