लुम्बिनीका सभामुखलाई महन्थको पत्र-जसपाका सांसदलाई कारवाही गरिएको छैन – Nepal Press

लुम्बिनीका सभामुखलाई महन्थको पत्र-जसपाका सांसदलाई कारवाही गरिएको छैन

काठमाडौं । लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीको केन्द्रीय कारिणी समितिबाट नभएको भन्दै अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा अर्को पत्र पठाएका छन् ।

ठाकुरले बिहीबार सभामुखलाई पठाएको पत्रमा लुम्बिनीमा पूर्व राजपा नेपाल र पूर्व समाजवादी पार्टीका प्रदेश समितिको समायोजन हुन नसकेको र संसदीय दललाई नै प्रदेश सभा सम्बन्धी सम्पूर्ण कार्य गर्न निर्देशन पठाइएको स्मरण गराएका छन् ।

ठाकुरले लुम्बिनी प्रदेश सभा सदस्यहरुलाई कुनै कारवाही केन्द्रीयस्तरबाट नभएको समेत पत्रमा उल्लेख गरेका छन् । ठाकुरले लुम्बिनी प्रदेश सभा संसदीय दलको बहुमतको निर्णयलाई नै मान्यता दिइने व्यहोरो समेत अवगत गराएका छन् ।

६ सदस्यीय प्रदेश सभा संसदीय दलमा चारजना पूर्व राजपा पक्षका छन् । उनीहरुलाई उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षको कार्यकारिणी समितिको निर्णय अनुसार प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको छ ।
पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, समुन शर्मा र कल्पना पाण्डे रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर