होटलका सांसद घरतिर लागे ! – Nepal Press

होटलका सांसद घरतिर लागे !

पोखरा । सांसद ‘चोरिने डर’ले लेकसाइडको एक होटलमा बसेका माओवादी र कांग्रेसका सांसदहरु आ-आफ्नो घर फर्किएका छन् । संसदमा अविश्वासको प्रस्ताव पेस भएको र मतदानका समयमा सांसदहरुलाई प्रलोभनमा पर्ने डरले उनीहरुलाई एकै ठाउँमा बसालिएको थियो ।

सांसदहरु बैशाख १३ गतेदेखि संसदमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेश भएलगत्तै त्यहाँ बसेका थिए । सांसद चोरिने डरले एकै ठाउँमा बसेको भए पनि माओवादी केन्द्रका एक सांसदले बाहिर अर्कै हल्ला आएपनि आफूहरु सल्लाह गर्न बसेको नेपाल प्रेसलाई प्रतिक्रिया दिएका थिए ।

बैशाख १५ मा मतदान भएर अविश्वास प्रस्तावको छिनोफानो लगाउने कार्यसूची थियो । तर, जनमोर्चाका सांसद खिमविक्रम शाही ‘बेपत्ता’ भएको निवेदन परेपछि सभामुख नेत्रनाथ अधिकारीले विशेषाधिकार प्रयोग गर्दै अनिश्चित कालका लागि संसद स्थगन गरेका छन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर सभामुख आफैं ‘गायब’ भएपछि अर्को बैठक कहिले सुरु हुन्छ टुंगो लाग्न सकेको छैन । संसद अनिश्चित कालका लागि स्थगित भएपछि कांग्रेस, माओवादी केन्द्रका सांसदहरु घरघर लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर