कोरोना नियन्त्रण लागि धुलिखेलमा एक करोड कोषको व्यवस्था, बिरामीलाई निःशुल्क एम्बुलेन्स – Nepal Press

कोरोना नियन्त्रण लागि धुलिखेलमा एक करोड कोषको व्यवस्था, बिरामीलाई निःशुल्क एम्बुलेन्स

काठमाडौं । धुलिखेल नगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि १ करोड कोष र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले संक्रमण नियन्त्रणका लागि नगरवासीलाई अपील गर्दै सो व्यवस्थापन गरेको जानकारी दिए ।

‘कोभिड-१९ सँग सम्बन्धित गम्भीर प्रकारका लक्षण देखिएमा आवश्यक स्वास्थ्य सेवाका लागि तुरुन्त आफ्नो वडामा रहेका स्वास्थ्य संस्थामा वा नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न नगपरपालिकाको अनुरोध छ,’ नगरप्रमुख व्याञ्जुले भने ।

धुलिखेलमा हाल ३, ४, ५, ६ र ७ लगायतका वडामा अत्यधिक संक्रमण देखा परेकाले सचेत रही जनस्वास्थ्यका मापदण्ड अपनाउन नगर प्रमुख ब्याञ्जुको आग्रह छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर