कर्णालीमा ४ सय मात्रै अक्सिजन सिलिण्डर, प्रदेशभर ६२ आईसीयू  – Nepal Press

कर्णालीमा ४ सय मात्रै अक्सिजन सिलिण्डर, प्रदेशभर ६२ आईसीयू 

सुर्खेत । कर्णाली प्रदेशमा रहेका सरकारी अस्पतालमा ४ सय मात्रै अक्सिजन सिलिण्डर छन् । कर्णालीमा कम्तिमा १ हजार सिलिण्डर आवश्यक पर्ने र बाँकी सिलिण्डर खरिद खरिद गर्न लागिएको सरकारका प्रवक्ता एवम् भूमी व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन् ।

उनका अनुसार कर्णालीमा हाल प्रदेश अस्पताल कालागाउँ सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै अक्सिजन उत्पादन भइरहेको छ । यी दुवै अस्पतालले दैनिक ३ सय लिटर मात्रै अक्सिजन उत्पादन गर्ने गरेका छन् । १० ओटा जिल्लामा मिनी अक्सिजन प्लान्ट स्थापना भइरहेको छ । मिनी प्लान्ट स्थापना भएको खण्डमा प्रतिप्लान्ट दैनिक १० लिटर अक्सिजन उत्पादन हुने स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताए ।

मन्त्री केसीले १५० सिलिण्डर अक्सिजन नेपालगन्जबाट नियमित रुपमा खरिद गरेर ल्याइरहेको दाबी समेत गरिन् । जनशक्ति पनि अभाव कर्णाली प्रदेशमा अहिले कुल दरबन्दीको एक तिहाइ मात्रै स्वास्थ्यकर्मी कार्यरत छन् । ‘हामीले २ सय प्रतिशत भत्ता दिँदा पनि कर्मचारी आउन मानेका छैनन् । करार सेवामा हामीले कर्मचारहिरु भर्ना गरेका छौं । तीमध्ये केही दिनमा अनमी र अहेव करिब १५० जनालाई नियुक्ति दिदैछौं’, मन्त्री केसी भन्छिन्, ‘कोरोनाको रोकथाम र उपचारका लागि एक अर्बको कोष स्थापना गरेका छौं ।’ उनका अनुसार २२ करोड प्रदेश अस्पतालललाई र १२ करोड रुपैयाँ चौरजहारी अस्पताल रुकुम र रणनीतिक अस्पताललाई दिने निर्णय भएको छ । कर्णाली प्रदेशमा ६२ वटा मात्रै आईसीयू छन् । त्यस्तै, ३४ भेन्टिलेटर, ५० वटा एचडियू बेड र १९५० आइसोलेसन रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर