कोरोना संक्रमित सांसदलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो – Nepal Press

कोरोना संक्रमित सांसदलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो

जनकपुरधाम । प्रदेश २ का कोरोना संक्रमित सांसद ओमप्रकाश शर्माको स्वास्थ्यस्थिति झन् बिग्रिएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

संक्रमण देखिएपछि नेपाली कांग्रेसका समानुपातिक सांसद शर्मा १० दिनदेखि होम आइसोलेसनमा बसेका थिए । आज दिउँसो अचानक स्वास्थ्यमा बढी खराबी आएपछि हेलिकप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

शर्मा उद्योग वाणिज्य संघ वीरगञ्जका पूर्वअध्यक्ष समेत हुन् । वीरगञ्जमा आइसोलेशन बेडको अभाव भएकाले काठमाडौं लानुपरेको आफन्तले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *