निषेधाज्ञामा खाद्यान्न किन्न उपत्यकाका यी ठाउँमा सरकारी बिक्री केन्द्र – Nepal Press

निषेधाज्ञामा खाद्यान्न किन्न उपत्यकाका यी ठाउँमा सरकारी बिक्री केन्द्र

काठमाडौं । सरकारले निषेधाज्ञामा उपभोक्तालाई दैनिक उपभोग्य बस्तु सहजै उपलब्ध गराउन ४ ठाउँमा बिक्री केन्द संचालन गर्ने भएको छ ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापर कम्पनीले निषेधाज्ञाको समयमा हुनसक्ने कालोबजारी रोक्न र खाद्य बस्तुको अभाव हुन नदिन सेवा शुरू गरेको हो । कम्पनीले थापाथली, नख्खु, रामशाहपथ र सूर्यविनायकमा बिक्री कक्ष राखेर उपभोक्तालाई सुपथ मूल्यमा खाद्यान्न बिक्री गर्नेछ ।

सूर्यविनायक र रामशाहपथको बिक्री केन्द्रबाट बिहान ७ देखि ११ बजेसम्म साथै नख्खुमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खाद्यान्न बिक्री गरिने कम्पनीले जनाएको छ ।

सामान नि:शुल्क होम डेलिभरी गर्नुका साथै कम्पनीले नेपाल फुड तथा सस्तो डिलमार्फत अनलाइन अर्डर गर्ने व्यवस्था मिलाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर