प्रतिपक्षीले संसद अवरुद्ध गर्दा सरकारलाई ‘हाइसन्चो’ – Nepal Press

प्रतिपक्षीले संसद अवरुद्ध गर्दा सरकारलाई ‘हाइसन्चो’

सुर्खेत । कर्णाली प्रदेशमासभामा वैशाख चार गतेदेखि प्रतिपक्षी भएको एमालेले सदन अवरुद्ध गर्दा सरकारलाई ‘हाइसन्चो’ भएको छ । सरकारले गरेका कमजोरीमाथि खबरदारी गरेर जिम्मेवार बनाउन पर्ने बेलामा प्रतिपक्षी दलले नै संसद अवरुद्ध गर्दा सरकारलाई ‘राहत’ भएको हो ।

कतिपय प्रदेशमा प्रदेशसभाको अधिवेशन स्थागित भइरहेका बेला कर्णालीमा चाहिँ प्रतिपक्षीका कारण सदन अवरुद्ध भएको हो ।

वैशाख १५ गते बसेको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक गुलावजंग शाहले कोरोना महामारीका बेला धेरै मानिस जम्मा भएर बैठक गर्न नहुने भन्दै संसद सञ्चालन नगर्न आग्रह गरेपछि सभामुखले संसद स्थागित गरेका थिए ।

कर्णाली सरकारमा विवाद बढिरहेको छ । सत्तारुढ दलभित्रै को मन्त्री बन्ने भन्ने हानथाप भइरहेको छ । मुख्यमन्त्री महेनद्रबहादुर शाहीलाई कसलाई मन्त्री बनाउने र कसरी सत्तामा कांग्रेसलाई समाहित गर्ने भन्ने चुनौती छ । यस परिवेशबीच सरकारले नै सदन चाहिरहेको छैन । यस्तो बेला प्रतिपक्षीले नै सदन अवरुद्ध गरिदिँदा मुख्यमन्त्री शाहीलाई राहत मिलेको एम मन्त्रीले बताए ।

‘हामी आफैंले निर्णय गरेर सदन स्थगित गरेको खण्डमा सरकार प्रमुख प्रतिपक्षी दलबाट भागेको सन्देश जाने थियो । तर प्रमुख प्रतिपक्षी दलले नै सदन अवरुद्ध गराइदिएपछि हामीलाई हाइसन्चो भएको छ । अब हामी कोरोना नियन्त्रणमा ध्यान दिएर लाग्छौं ।’

आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी सदनमा सरकारको काम कारवाहीलाई असर गर्ने खालको कुनै पनि विधेयक नभएको बताए । ‘संसदमा सरकारलाई असर गर्ने खालको कुनै पनि विधेयक थिएन । नियमित विधेयकहरु थिए । ती विधेयकलाई सदनमा टेबुल गरेर समितिमा पठाएको भए सदनको काम देखिन्छ भनेर हामीले सदन सञ्चालन गर्ने भनेका थियौं’ उनले भने, ‘त्यसपछि समितिले ती विधेयकहरु टुग्यांउँथ्यो ।’ तर प्रमुख प्रतिपक्षी दलले सदन अवरुद्ध गरेका कारण विधेयकहरु समितिमा जान भने पाएनन् ।

प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक गुलावजंग शाहले जनताको सरक्षाका लागि सरकारको निर्देशन पालन गर्दै संसद अवरुद्ध गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर